कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ११ भदौ। नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार आज ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाकाे मृत्यु भएकाे हाे । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १/१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १/१ पुरुष रहेका छन्।

यससंगै नेपालभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८३ रहेको छ भने पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्