कोरोना संक्रमणका कारण पोखराकी एक महिलाको मृत्‍यु

काठमाडौं, ११ भदौ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको हो ।

यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । मृतकको शव व्यवस्थापन सेना गर्ने तयारी गरेको छ ।

यता, पर्सामा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरासियाका अनुसार पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको हिजो साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो । चौरसियाका अनुसार मृत्यु भएका व्यक्ति ८ भदौमा अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ति महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाृे आइसोलेसन कक्षमा उपचाररत थिइन् ।

उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्