कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु

पर्सा, १६ साउन। नेपालमा कोरोना संक्रमणका कारण पुन: २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय बृद्धको बिहिबार मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिएका छन् ।

गण्डकस्थित कोभिड अस्पतालको आइशोलेशनमा उपचारका क्रममा नगवाका ३५ वर्षीय युवकको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए। ज्वरो आएपछि साउन ५ गते उनलाइ तराई हस्पिटलमा भर्ना गरिएको थियो ।

तराई हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो । साउन १३ गते नै कोभिड अस्पतालमा उपचारका क्रममा उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

उक्त युवकको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको भएपनि नारायणी अस्पतालको प्रयोगशालाबाट राति १० बजे मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले जानकारी दिए ।

यस्तै वीरगन्ज २ छपकैयामा बिहीबार बिहान आफनै घरमा मृत्यु भएका ७० वर्षीय बृद्धमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिएका छन्। नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजेतिर प्राप्त रिपोर्टमा मृतकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको उपाध्यायले पुष्टि गरेका हुन् । छपकैयास्थित घरमा एक्लै बस्दै आएका ती बृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए।

राती सुतेका बृद्ध अर्को दिन बिहान नउठेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको ढोका तोडेर भित्र पस्दा बृद्ध कोठामा मृत अवस्थामा भेटिएका बृद्धको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

यसैगरी नेपालमा कुल संक्रमितको संख्या १९,५४७ रहेकामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्