कोरोना भाइरसको महामारीमा बच्चा जन्माउनेलाई प्रोत्साहन भत्ता

कोरोना भाइरसको महामारीका कारण अहिले विश्व नै जटिल अवस्थामा गुज्रिरहेको छ । धेरै देशहरु यसबाट बच्ने उपायहरुको खोजी गरिरहेका छन । यसैबिच सिंगापुरमा भने एउटा नयाँ नियम लागु हुने भएको छ । कोरोना भाइरसको महामारीमा बच्चा जन्माउन लागेका आफ्ना नागरिकलाई सिंगापुरले प्रोत्साहन भत्ता स्वरुप रकम उपलब्ध गराउने भएको छ ।

सिंगापुरका उप प्रधानमन्त्रीले उक्त प्रोत्साहन भत्ताले महामारीका बेला आर्थिक समस्या झेलिरहेका र जागिरको चिन्तामा भएका आफ्ना नागरिकको समस्या थोरै भएपनि समाधान गरिदिने आशा राखेका छन् । ‘कोभिड–१९ का कारण सन्तानको चाहमा भएका भावी अभिभावकले आफ्नो योजना स्थागित गरेको भन्ने प्रतिक्रिया पाइरहेका छौं,’ सोमबार हेङ्ग स्वी किटले भने ।

‘यो कुरा हामीले राम्रोसँग बुझेका छौ, विशेषगरी जब तपाईंको आय स्रोतको कुनै भर छैन भने,’ उनले भने । हेङ्गले अभिभावकलाई आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएपनि कति दिने भन्ने बारे अहिले नै निर्णय नभइसकेको बताए । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्