कैलालीबाट ५ जना जुवाडे पक्राउ

कैलाली, १२ कत्तिक । प्रहरीले कैलालीबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा २ गड्डी तास र २ लाख २३ हजार ५०० नगद सहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरु माथि कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्