काठमाडौं उपत्यकमा मात्रै ३७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ भदौ। पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन्। बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यकामा एकैपटक हालसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा उपत्यकमा मात्रै ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

संक्रमित हुनेमा काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना रहेका छन्। पछिल्लो एक साता यता राजधानीमा निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्