कांग्रेस नेता गगन कुमार थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ असाेज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनले आँफु संक्रमित भएको सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता थापाले असोज १५ गते बिहीबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा गरिएको पिसिआर परीक्षणको शनिबार आएको रिपोर्ट अनुसार नेता थापालाई कोरोना पोजिटिभ देखिएको र आफ्नो सम्र्पकमा आएकाहरुलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

थापाले शनिबार राति ९ः४८ मा ट्वीट गर्दै अगाडी भनेका छन् हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ, अहिले म घरमै आइसोलेसनमा छु, कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नेछु ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्