कहिले चाउचाउ त कहिले चुईगम दिएर १५ वर्षीय बालिका नातेदारबाटै बला’त्‍कृत

डडेल्धुरा, १२ साउन । डडेल्धुराको भागेश्वर गाउपालिका –४ की १५ वर्षीय बालिका नातेदारबाटै जव’र्जस्ती कर’णी भएको खुलेको छ ।

मानसिक अवस्था सुस्त रहेकी बालिकालाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि नै बाजे र काका नाता पर्ने दुई जना आफन्तले निरन्तर जव’र्जस्ती कर’णी गर्दै आएको खुलेको हो ।

उनलाई सोही ठाउँका अन्दाजी ५२ वर्षीय डम्बरसिँह साउद र ४५ वर्षीय भोजबहादुर साउदले जव’र्जस्ती कर’णी गरेको किशोरीले बताएकी छन् ।

बालिकाको पेटमा ग’र्भसमेत रहेको परिवार स्रोतले खुलाएका छन् । दिउँसो गाईबाख्रा चराउन गएको समयमा आ’रोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर निरन्तर जव’र्जस्ती कर’णी गर्ने गरेको पीडित पक्षको भनाई छ ।

किशोरीको महिनावारी रोकिएको र किशोरीको स्वास्थ्यमा समस्या देखापर्न थाले उनको स्वास्थ्य चेकजाँच गराउँदा ४ महिनाको गर्भ रहेको खुल्न आएको छ ।

बिगत केही समयदेखि बालिकाले केही असहज महसुस गरी रहेको थाहा पाएपछि स्वास्थ्य चेकजाँच गर्दा थाहा हुन आएको पीडित किशोरीकी आमाले बताइन् ।

नातामा आफन्त पर्ने दुवैले जव’र्जस्ती कर’णी गरेको कुरा कसैलाई भने ज्या’न मा’र्ने ध’म्की दिएकोले कसैलाई नभनेको बालिकाले जनाइन् ।

आरोपित दुवै जनाविरु’द्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित किशोरीका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए । अहिले प्रहरीले आरोपितहरु मध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले बताए ।

दुवै जना बालिकाका नाता पर्ने हुन। पीडित बालिकाका एक जना हजुरबुवा, एक जना काका नाता पर्ने रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक बोहराले बताए ।

उजुरी पछि दुवै जनालाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अन्नपूर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्