कसम रानी ठकुरीको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

उत्कृष्ट गीतहरु बजारमा ल्याउँदै आएको तिर्सना म्युजिक प्रालीबाट फेरी अर्को रमाइलो गीत ‘नबनिदेउ छुच्चो’ युट्युबमा सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमा नै दर्शकको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ ।

जय प्रकाश श्रेष्ठ ‘जेपी’ र कसम रानी ठकुरीको आवाज रहेको गीतमा जय प्रकाश श्रेष्ठ ‘जेपी’ले शब्द तथा लय सिर्जना गरेका हुन । गीतमा रन्जित परियार, आशराम गुरुङ, स्‍मृति शाही, कल्पना सुनवार लगायतको कोरश आवाज रहेको छ ।

कमल सौरागले संगीत संयोजन गरेको गीतको रेकर्डिङ मारुनी डिजिटलमा रेकर्ड भएको हो भने गीतको मास्टरिङ्ग कुमार राणा मगरले गरेका हुन ।

काजिश श्रेष्ठको निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा पि.एन सापकोटा, अन्जली अधिकारी, एलिना रायमाझी लगायतलाई देख्न सकिन्छ । गीतको भिडियो छायांकन दुर्गा पौडेलले गरेका हुन भने सम्पादन नबिन घर्ती मगरले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्