कविता: आऊ मलाई बला’त्कार गर

     ए ए आउ मलाई बला'त्कार गर
    अनि मिल्काइदेऊ झाडीमा अनि हिंड ठूलो     
     जितको दम्भ अंगालेर

    आऊ मलाई बला'त्कार गर 
    अहँ पर्दैन अहिले  पैला  जसरी  तिमीले मेरो ब्रा                     
    का हुकहरु खोल्न अनि
  सुरुवालको इजार फुकाली रहनु पर्दैन । म           
   आफैले यी कस्ट गरिदिउला

   आऊ मलाई बला'त्कार गर 
    पर्दैन मेरो आवाजलाई दबा'उन सुन्ने कान, हेर्ने    
    आँखा र बुझ्ने मन् हाम्रो समाजमा हराई सक्यो 
  आऊ मलाई बला'त्कार गर 
    पर्दैन् छुन कहीँकतै मात्र लु'ट मेरो इ'ज्जत पुरा गर 
      आफ्नो गलत मानसिक बिमारको सच्चाई

   आऊ आऊ आऊ तर 
आउन भन्दा पहिला आफ्नो दिदी र आमालाई एक    
   प्रश्न सोधेर आऊ चेली के हुन??  
   बाउ र दाईलाई पुरुष हुनुको अर्थ सोधेर आऊ अनि
   शोध बला'त्कार गर्न जाँदैछु
 भोली तिम्रो बहिनी माथि पर पुरुषले गिद्ये नजर   
  लगाए भने सहन सक्ने छाती लिएर आउ 
  आफूलाई आँफै सङ्ग ग्लानि  अप'राध नहुनी  मन् 
     लिएर आउ 

पुरुष हुनुको घमण्डलाई फ्याँकेर आउ किनकी   
तिमी पुरुषको नामको खोल ओढेका दानव हुनेछौ

  छैन डराउनु पर्दैन् यो त न्यायले नसुन्ने अप'राधी 
      समात्ने नचिन्ने 

 कहिले कैद नगर एउटा खेल जो भएको छ आऊ      
      लु'ट अनि फ्याल कतै कुनामा
    न्याय तुहियो , आमाको आखामा, छोरीको तस्बिर 
    कुहियो बाउको काध बोझ खेप्दै छन्


मलाई पिडा हुँदैन तिमीले पिडा दिँदा जति पिडा 
  मेरी आमालाई बला'त्कारी छोरीको नाम बोक्दा
   मेरो बाउलाई बला'त्कारी भन्ने नाम जोड्दा 
    जति मनको पिडा छ त्यही पिडा घाउको हुँदैन 

     न्याय के लाई दिने?? 
         मेरो श'रीरको घाउ हेरेर ??
            हा हा हा हा 

घाउ दिलमा लागेको छ बला'त्कृत भनेर जीवन कालो  
     धब्बा आशुले नपाखल्ने गरी लागेको छ । 
  तिमीलाई लाग्ला यो अप'राध हो, म भन्छु यो मानसिक रोग हो 

आऊ मलाई बला’त्कार गर😢बला’त्कार गरेर आफूलाई पुरुषको परिचय ठान्ने हरुलाई एउटा सुझाव!
तिमी मानसिक रोग बला’त्कारबाट ग्रसित छौँ जुन महामारी भएर तिम्रो बहिनीमाथि या अफ्नामा पर्दा मलाई याद नगर्नु !!! बिष्णु भण्डारी, छोरेपाटन १७ पोखरा

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्