एनआरएनए जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजना गर्ने

गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ । आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ ।

त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख येनसहित कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिए । खेललाई नेपाल फुटबल संघ जापान र गैरआवासीय नेपाली संघ जापान र मातृ सन्देश डट कमले मिडिया सहयोग गर्ने भएका छन् ।

जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० हुन लागैकाले झण्डै ३० टिमहरूको सहभागिता हुने विश्वास राखेको छ । उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिखमा गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको जनाए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्