एक युवतीको सखुवाको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा शब फेला

मोरङ, ०८ साउन। मोरङमा एक युवतीको सखुवाको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा शब फेला परेको छ। बेलबारी नगरपालिका–१० स्थित सृजना सामुदायिक वनमा अन्दाजी २० / २२ वर्षीया युवती मंगलबारसाँझ मृत्त भेटिएकी थिइन् । सखुवाको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिए पनि युवतीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृत्त फेला परेकी युवतीको दुई दिनसम्म पनि सनाखत हुन सकेको छैन।

उक्त घटनास्थलबाट प्रहरीले एउटा ‘नोट’ पनि बरामद गरेको छ । युवतीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ‘नोट’मा लेखिएको छ, ‘भाईबहिनी र आमालाई म धेरै माया गर्छु । मेरो शव लगेर आमालाई जिम्मा दिनू ।’ ‘नोट’मा आफ्नो घर विराटनगरको राजवंशी चौकस्थित भीम पार्कमा भएको उल्लेख गरिएको छ । त्यसका आधारमा उक्त स्थानमा सोधीखोजी गरे पनि केही पत्ता लाग्न नसक्दा अनुसन्धानका बाँकी प्रक्रिया अघि बढाउन प्रहरीलाई मुस्किल परिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले अहिलेसम्म कोही पनि आफन्त प्रहरीको सम्पर्कमा नआएको बताए । आफन्त कोहि पनि सम्पर्कमा नआउँदा युवतीका बारेमा केही पनि कुरा पत्ता लाग्न नसकेको र शवको सनाखत हुन नसकेको उनको भनाइ छ ।प्रहरीले शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा राखेको जानकारी दिएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *