एक युवकको अपह’रण पश्चात् ह’त्या गरेको आरो’पमा दुई जना पक्राउ

सिरहा, ५ साउन । सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपह’रण पश्चात् ह’त्या गरेको आरो’पमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपह’रण गरी ह’त्या गरेको आरो’पमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो ।

केही दिनअघि मात्रै ला’गुऔष’ध मु’द्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको श’व गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै फेला परेको थियो । तत्काल पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको श’व रामको रहेको शुक्रबार मात्रै पहिचान भएको थियो ।

गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको श’व फेला परेपछि परिवारजनले कतै उनको ह’त्या त भएको छैन ? भन्ने आश’ङ्का गरेपछि घ’टनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जानकारी दिए ।

ला’गुऔष’ध मु’द्दामा जेलमा बसेका बेला साथीसँग लिएको सापटीबापतको रु एक हजार समयमा फिर्ता नगर्दा आफ्नो छोराले ज्यान गुमाएको उहाँका पिता सिफैत रामले बताएका छन् । लकडाउनको समयमा रोशन ला’गुऔष’ध सहित वैशाखको अन्तिम साता लक्ष्मीपुर पतारीबाट पक्राउ परेका थिए । पक्राउ परेको समयमा उनलाई इलाका प्रहरी कार्यालय लहानको थुनामा राखिएको थियो ।

जेठको अन्तिम साता उनलाई जिल्ला अदालतले रु १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको तर रकम नहुँदा जेलमै गएका थिए । जेलमा रामको भेट ला’गुऔष’ध मु’द्दामै कारागारमा रहेका मिर्चैया नगरपालिका–२ निवासी जयकुमार यादवसँग चिनजान भएको र कारागारमै यादवसँग रामले रु एक हजार ऋण लिएको र त्यो समयमा फिर्ता नदिएकाले आफ्नो छोराको ह’त्या भएको मृ’तकका पिता सिफैतको कथन छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्