‘भाले जु.धाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारीको भालेको आ’क्र’मणबाट मृत्‍यु

फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले जुधाइ’ अर्थात ‘कुखुरा जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमणबाट मा’रिएका छन् । उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भि’ड’न्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धा’रिलो वस्तुले लागेको थियो ।

भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको बताउँदै प्रहरीले भनेको छ, ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृ’त्त घोषित गरिएको थियो ।’

फिलिपिन्समा भाले जु_धाइ खेलको लामो इतिहास छ । तर, यसबाट कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगस्टमा प्रतिबन्ध लगाइएको थियो । ‘टुपाडा’ भनेर चिनिने यस प्रतियोगितालाई अहिले पनि प्रहरीको आँखा छ’लेर खेलाउने गरिएको छ ।

घ’टनामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ । उनको बुधबार अन्तिम संस्कार गरिएको छ । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्