एक कैदीको उपचारको क्रममा मृत्यु

अर्घाखाँची, २२ भदौ । अर्घाखाँची कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको हिजो मृत्‍यु भएको हो ।

मृत्‍यु हुनेमा रूपन्देही तिलोत्तमा नगरपालिका ५ का ४६ वर्षीय कैदी विजय पाण्डे भन्ने रामप्रसाद पाण्डेको रहेको प्रहरीले जनाएको छ । उनको शरीर एक्कासी सुन्निएर उपचारको लागि अर्घाखाँची अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याउने बित्तिकै हिजो मृत्यु भएको निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै यता ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । गएराती आएको बाढीमा परि तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष टिका गुरुङले राजु थेबे जलविद्युत आयोजना पावरहाउसका कर्मचारी भएको जानकारी दिनुभयो । उनिहरु दुवैजनाको शव पावरहाउस मुनि बगरमा भेटिएको हो । बाढीले पावरहाउस बगाएपछि विद्युत आपुर्ति समेत बन्द भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्