एकजना डीएसपी सहित सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण

काठमाडों, २० साउन । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एकजना डीएसपी पनि छन् ।

संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेको सशस्त्र प्रहरीले जनाएको छ । जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ । संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, २० साउन । मोरङमा थप २२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् ।

२२ मध्ये १४ जना एकै परिवारका रहेका नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिनुभयो । एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सि’ल गरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्