उपचारका क्रममा एक गर्भवती महिलाको कोरोनाबाट मृत्यु

चितवन, ६ कत्तिक । चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्‍यु भएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हेटौडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

असोज ३० गते कोरोना पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन । खोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

अस्पातल स्रोतका अनुसार ३७ हप्ताको गर्भवती भएको बताइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्