उदयपुरमा आगलागीबाट दुई घर जलेर नष्ट

उदयपुर, २३ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा बिहीबार दिउँसो आगलागीबाट दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । स्थानीय भोलु चौधरीको घरमा अचानक आगो सल्किदा छिमेकी रामेश्वर चौधरीकोसमेत घर जलेको छ ।

आगलागीबाट दुबै जनाको दुई÷दुई तले दुई वटा घर, काठ, घरमा रहेको अन्नपात भाँडावर्तन लत्ताकपडा नगद जलेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार दुबैको गरी अन्दाजी ३५ लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

आगो इलाका प्रहरी कार्यालय सुन्दरपुर र दमकलको सहयोगमा स्थानीयले एक घण्टापछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्