ईरानले संयुक्त अरब इमिरेट्स स्थित फ्रान्सको अल धफ्रा एयरबेस नजिकैको समुद्रमा मिसाइल हान्यो

अमेरिकासँगको बढ्दो तनावका बीच ईरानले संयुक्त अरब इमिरेट्स (युएई)स्थित फ्रान्सको अल धफ्रा एयरबेस नजिकैको समुद्रमा थुप्रै मिसाइल हानेको छ । त्यहीबेला फ्रान्स हुँदै भारत आउन लागेको पाँच राफेल विमान पनि त्यही पार्किङ गरिएको थियो । सो विमानमा भारतीय पाइलटहरु पनि थिए । जब इरानले लगातार मिसाइलहरु हान्न थाल्यो । राफेलका पाइलटहरु सुरक्षित ठाउँमा लुकेका थिए ।

इरानले आफ्ना मिसाइलहरु परीक्षण गरेको अनुमान गरिएको छ ।  मिसाइल प्रहारपछि फ्रान्सेली एयरबेस र खाडीमा रहेका अमेरिकी सैनिक अड्डाहरुमा पनि अलर्ट जारी गरिएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले मंगलबार बिहान हारमुज स्ट्रेट नजिकै धेरै ब्यालेष्टिक मिसाइलहरु हानेको पुष्टि गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार क्रान्तिकारी गार्डले सैनिक अभ्यासको क्रममा ती मिसाइलहरु परीक्षण गरिएको थियो । मिसाइल परीक्षण गरिएको स्थान फ्रान्सेली र अमेरिकी सैनिक अड्डा नजिकै पर्छ । धेरै मिसाइलहरु समुद्रमा खसेको दृष्य देखिएको थियो । 

इरानी सैन्य अभ्यासको सन्देृश संयुक्त राज्य अमेरिका लक्षित हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ । इरानको पछिल्लो सैन्य अभ्यास र अमेरिकी प्रतिक्रियाले दुई देशहरुबीच युद्धको सम्भावना बढेर गएको देखिन्छ । पछिल्ला ६ महिनायता त्यहाँ दुई देशबीच बढ्दो तनावका दर्जनौ घटना भएका छन् । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *