इटाली सरकारले मास्क नलगाए १ लाख ३५ हजार रुपैया जरिवाना तिर्नु पर्ने नियम घोषणा

इटाली सरकारले मास्क नलगाए १००० यूरो (१ लाख ३५ हजार रुपैया) जरिवाना तिर्नु पर्ने नियम घोषणा गरेको छ। आइतबार सरकारद्वारा एक प्रेस बिज्ञप्ति जारि गर्दै कोभिड-१९ को महामारीमा जोखिम नबढोस भन्नका निमित्त इटालियन नागरिकहरूले अनुशासन पालना गर्नु पर्ने र सो नियम पालना नगरे तोकिएको जरिवाना तिर्नुपर्ने घोषणा गरेको हो।

क्याम्पानियाका गभर्नर “भिन्सेन्जो डे लुका”ले भने यदि हाम्रा नागरिकले कोभिड १९ को जोखिम सकियो भन्ने सोचेर बिना साबधानी अपनाई हिडछन भने केहि समय भित्रमै कोरोनाको महामारी फेरि पहिलेको अबस्ठामा नफर्केला भन्न संकिदैन।

यो नियम जो कसैलाई पनि लागु हुनेछ चाहे त्यो कुनै मार्केट होस् , सार्बजनिक स्थल होस् , रेस्टुरेन्ट या बार होस् अथवा सार्बजनिक यातायात होस्। हरेक नागरिक यो नियमको जिम्मेवार हुनेछ र नियम उपयोग नभएमा १००० यूरो यानाकी (करिब नेपालि रु एक लाख ३५ हजारको) जरिवाना तिर्नुपर्नेछ।

जस्तै : सुपरमार्केटहरुमा कोहि मास्क नलगाई जान्छ भने उसलाई पस्न नदिने र यदि पसल ले नै नियम को पालन नगरेर नागरिकलाई उनीहरुको मर्जी गर्न दिएमा जरिवाना रकम सहित १ महिना या बढी समय पसल नै सिल गर्ने जानकरी दिएको छ, त्यहि नियम सार्बजनिक यातायातहरु लगायत सबैलाई लागु हुनेछ।

यूरोपमा कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको देश हो इटाली र जहा ३५ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन्। र दुइ लाख ४२ हजार भन्दा बढी संक्रमित भएका छन्। यो संख्या अहिले धेरै नियन्त्रणमा आइसकेको छ। जसमा शनिबार २४ घन्टाभित्रमा २७५ नया संक्रमित थपिएका थिए र ५ जनाको मृत्यु भएको प्रेस ले जनाएको थियो याध्धापी रोग पुरै नियन्त्रण मा भने आइसकेको छैन।

स्रोत : ला रेपुब्लिका

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्