इटहरी उपमहानगरपालिकामा पुन: लकडाउन शुरु

काठमाडौं, २१ साउन। नेपालको विभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि इटहरी उपमहानगरपालिकामा पुन: लकडाउन शुरु गरिएको छ। इटहरी उपमहानगरपालिकाले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै आजदेखी ५ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिaएपछि थप व्यक्तिको स्वाब संकलन गरिएकोमा सोमबार ४ जनामा संक्रमण देखिएको जनाइएको हो। लकडाउनको अवधिमा दूध बोक्ने गाडी र औषधि पसलबाहेक अन्य प्राय पसलहरु बन्द हुने जनाइएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्