आरडिटी परिक्षण नेगेटिभ देखिएपछि घर पठाइएका २६ जनामा कोरोना पोजेटिभ

बर्दिया 3 असार। बर्दियामा क्वारेन्टाइनबाट आरडिटी परिक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनालाइ क्वारेन्टिनबाट आरडिटी परिक्षणपछि घर पठाइएको थियो।

जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिइन् ।

संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टिनमा बसेका थिए । जसमध्य स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । एकै दिन धेरै जनामा सङ्क्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा आज भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकामध्य २६ जना बढैयाताल गाउँपालिकाका हुन् । सङ्क्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए। वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *