आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि प’क्राउ

काठमाडौं, ३० असार । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको ह’त्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि प’क्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ह’त्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घ’टनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट प’क्राउ गरेको हो ।

विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र श्रीमती सानु सुवेदीलाई कामदार सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले धा’रिलो हति’यार प्र’हार गरी ह’त्या गरेर फरार भएका थिए । साह प’क्राउ परे पनि राना अझै फरार छन् । उक्त घ’टना सिआइबीले सोमबार सार्वजनिक गरेको हो ।

सःमिलका मालिकले काम बिगारेको भन्दै गाली गरेको विषयमा त्यसको ब’दला लिन उनीहरुले सुवेदी दम्पती र छोरालाई धा’रिलो हति’यारले शरीरका विभिन्न भागमा प्र’हार गरी निर्ममतापूर्वक आक्र’मण गरेका थिए । सोही चो’टका कारण सुवेदी दम्पतीको मृ’त्यु भएको र छोरा भने बाँच्न सफल भएका थिए ।

घ’टनापछि दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊमा गई दुई वर्षसम्म सँगै बसेका थिए । प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्डलगायतका कागजात बनाई पहिचानसमेत बदलेर भारतको लखनऊमा बस्दै आएको सिआइबीका प्रमुख प्र’हरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

सिआइबीले आफ्नो स्थापनाकालदेखि नै उक्त घ’टनालाई प्राथमिकतामा राखी अनुसन्धान गरिरहेकामा घ’टनामा गम्भीर घा’इते भई बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी हुलिया सनाखत गरेर उनलाई प’क्राउ गरिएको थापाले बताए । अर्का फरार व्यक्ति पनि छिट्टै प’क्राउ पर्ने उनले बताए । रासस

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्