आफ्नै बाबुले २ सन्तानलाई गाडीमा बिर्सेंर जाँदा दुई बालबालिकाको मृत्यु

अमेरिकामा एक बाबुले आफ्नै सन्तानलाई गाडीमा बिर्सेर जाँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

ति दुई सन्तानका बाबुले प्रहरिलाई दिएको बयान अनुसार उनि मार्केट जाँदा बच्चाहरुलाई लिएर गएको र झोला बिर्सेर घर आउँदा बच्चाहरुलाई गाडीमा छोडेर घर पसेका थिए । त्यतिकैमा आँफु एकैछिन थकान बिसाउने क्रममा गहिरो निन्द्रामा परेर लगभग ५ घण्टा पछि बिउँझिएर आफ्ना सन्तानलाई गाडीमा खोज्न जाँदा बेहोस अबस्थामा फेला पारेको बताएका छन ।

ति साना बालबालिका ३ र ४ बर्षका केटा केटि हुन । टुल्सा प्रहरीले ति बालबालिकाका बुबा “डस्टिन ली डेनिस”लाई पक्राउ गरेको छ, र उक्त अपराधका लागि ति बाबुको जमानतको रकम १० लाख डलर तोकेको छ । प्रहरिले घटनाको बाँकी अनुसन्धान र मेडिकल रिपोर्ट आउन बाँकि रहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्