आफ्नै बाबुद्धारा ७ बर्षिया छोरी बलात्कृत

काठमाडौं, १७ भदौ । काठमाडौंको शंखमुलमा ४० वर्षीय बाबुले छोरीलाई ब’लात्कार गरेका छन् । ७ वर्षीया छोरी ब’लात्कार गरेको आ’रोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

आमा रोजगारीका लागि खाडी मुलुकमा रहेको र क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् ।

छोरीले ‘यो’नी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको क’र्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको जनाइएको छ ।

बालिकालाई ७ महिनादेखि बाबुले ब’लात्कार गर्दै आएका थिए । बाबुलाई पक्राउ गरेर थप अ’नुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्