आफ्नै देवरद्वारा कपाल खैरिएर घरबाट निकालिएपछि…

वीरगंज, ०२ साउन। पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरमा एक महिलालाई उनकै देवरले घरबाट निकाला गरेका छन् । एकल महिला उमादेवी ठाकुरलाई आफ्नै देवर राजदेव ठाकुरलगायत ५ जनाले टाउको मुण्डन गरी घर बाट निकालेका हुन्।

उक्त महिला श्रीमानको मृत्युपछि घर बाहिर भारतमा बस्ने गरेको तथा निजको चालचलन र चरित्र ठीक नभएको आरोप लगाउँदै आफ्नै देवर राजदेवसहित देवरानी, राजदेवका छोरा गरी ५ जनाले टाउको मुण्डन गरी घरबाट निकालेका थिए।

आफु माथि अत्याचार भएको भन्दै उमादेवी ठाकुरले महिला न्यायको लागि प्रहरी कार्यालय पुगेकी थिइन्। ईलाका प्रहरी कार्यालय पोखरीयाले भाउजुको कपाल मुण्डन गर्ने देवर राजदेवसहित घरका ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ। पक्राउ परेका ठाकुरले भाउजुको अन्य व्यक्तिसँग अवैध सम्बन्ध रहेको र यसले घर परिवारको बदनामी भएको भन्दै घर निकाला गरेको प्रहरी समक्ष बताएका छन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *