आफ्नै छोरीलाई पटक-पटक बलात्कार गरेकाे अभियोगमा बाबु पक्राउ

धादिङ, १३ असोज । आफ्नै छोरीलाई पटक-पटक बलात्कार गरेकाे अभियोगमा बाबुलाई प्रहरीले पक्राउ गरेकाे छ । १४ वर्षीया छोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हाे ।

पीडितकी आमाले थाहा पाउदा समेत न्याय नपाएपछि घर छाडेर भागेपछि बलात्कार घटना खुलेकाे हाे । आँफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी बालिकाकाे उद्धार गरी जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकाे प्रहरेले जनाएको छ ।

त्यस्तै, यता जिल्ला प्रहरी कार्यालय रौतहटले एक महिला हत्या अभियोगमा ४ जना पक्राउ गरी अनुसन्धान थालेको छ । गढीमाई नगरपालिका–३ का ४० वर्षीय जमसैद मियाँ, ३५ वर्षीय दाउद मियाँ, ३२ वर्षीय जहरुदिन मियाँ र महम्मद ईसराफुल मियाँलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत भदौ १४ गते गढीमाई नगरपालिका–३ मुसरी बस्ने ३५ वर्षीया मिन्त्रादेवि वैठालाई घाँस काट्न गएको अवस्थामा कवारीको उखुबारीमा घाँटी कसी हत्या गरेका अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अभियुक्त जमसैद मियाँले लेनदेनको कारण अन्य अभियुक्तकाे सहयोग लिई हत्या गरेको स्वीकार गरिसकेका छन् । प्रहरीका अनुसार अभियुक्त जमसैद मियाँको बुबा स्व. अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसकेपछि उत्पन्न विवादका कारण हत्याकाे योजना बनाएकाे देखिन्छ ।

बुबाले ऋण तिर्न नसकेपछि जग्गा पास गरिदिएको र उक्त जग्गा पास बदरकाे माग गर्दै जमसैद मियाँले अदालतमा मुद्दा पेश गरेका थिए । तर अदालतले उसको पक्षमा फैसला नगरेपछि मियाँले भोगचलन गर्न नदिई पटक पटक धम्की दिँदै आएको र अन्त्यमा हत्या गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *