आजैबाट मह खान सुरु गर्नुहोस्, महले यस्ता फाईदाहरु दिन्छ

महमा जुनसुकै औषधिसँग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । आयुर्वेदिक औषधि मानिने मह मानव शरीरको लागि अत्यन्त फाईदाजनक मानिन्छ । मह आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ ।

मह खनाले यस्ता फाईदाहरु पाउन सकिन्छ :-

  • अदुवाको रसमा या काढामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
  • पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगीलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनीको ठाउँमा मह दिन सकिन्छ ।
  • बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
  • शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने । यसले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
  • एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुब्लोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
  • मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
  • प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएर नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
  • हृदयको धमनीको लागि मह बडो शक्तीबर्धक हुन्छ । सुत्ने बेला मह र कागतीको रस मिसाएर एक ग्लास पानी पीउनाले कमजोर हृदयमा शक्तीको सञ्चार हुन्छ ।
  • पेटको स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
  • सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
  • महले मांसपेशिहरु बलवती हुन्छ ।
  • बढेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
  • अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
  • सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई चम्मच मह त्यसमा फीटेर तयार गरेर छालामा दल्ने । यसले छाला चम्कीन्छ र कान्छाउँछ ।
  • कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।

महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी
तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वेदिकविज्ञहरु बताउँछन् । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ ।

  • माछा, मासुसँग मह खानु विष सरह हुन्छ ।
  • महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।
  • अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ ।
  • चिया र कफीको साथ मह विष समान हुन्छ ।
  • महलाई आगोमा कहिले पनि तताउनु वा उमाल्नु हुँदैन ।
  • घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
  • चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।
  • तेल, घिउ र नौनीसँग मह मिसाएर खानु विष समान हुन्छ ।
  • मोटोपना नियन्त्रण गर्न मन तातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
  • निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
  • महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।
  • मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको स्रोत अनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको स्रोतबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
  • वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । शहर वा घर-आँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ ।
  • मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।
  • मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
  • एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
  • बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विष समान हुन्छ ।
  • यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्यु नजिक पर्‍याउँछ ।
मह

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्