अहिलेसम्म २० जनाको मृत्युमा अधिकांशको मृत्युको कारण कोरोना होइन: प्रधानमत्री

काठमाडौं ०४ असार। बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपालमा उपचार विधि राम्रो भएको तथा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकै कारण मृत्यु हुनेको संख्या अन्य देशमा भन्दा कम भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको जानकारी दिँदै उनीहरुमध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे ।

अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण कोरोन संक्रमणकै करण मृत्यु भएको मान्नु परेको उनले बताए । नेपालमा २० जनाको मृत्यु पनि अन्य देशको भन्दा निकै कम भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्