असहाय, अपांग, दलित तथा गरिब बालबालिकालाई बाल सहयोग केन्द्रको सहयोग

रुकुम, २० साउन – ईश्वर पोखरेल । अनाथ, असहाय, अपांग, दलित तथा गरिब बालबालिकाको सहयोगका लागि स्थापना भएको बाल सहयोग केन्द्रले बर्सेनि धेरै बालबालिकालाई बिभिन्न सहयोग गर्दै आइरहेको छ ।

सन २०१५ मा स्थापना भएको संस्थाले लत्ताकपडा, शैक्षिक सामाग्री, खाद्यान्न लगायतका सामाग्रीहरु बितरण गर्दै आइरहेको छ । यस बर्ष पनि संस्थाले रुकुमका बिभिन्न स्थानहरुमा रहेका अनाथ, असहाय, अपांग, दलित तथा गरिब बालबालिकाहरुलाई सहयोग गरेको छ ।

रुकुमको त्रिवेणी गाउँपालिका वडा न ७ नयाँ बस्तीका ११ बर्षिया अनुसा परियार र ८ बर्षका हरि परियार तथा सोही गाउँपालिका वडा न ७ भुर्तीबाङ्गका १० बर्सिया जनक केसी र उनका भाइ ८ बर्सिया गणेस के.सि. लाई संस्थाको तर्फबाट सहयोग गरिएको केन्द्रका अध्यक्ष खेम पुनले जानकारी दिएका छन ।

‘अनुसा र हरी निवास तथा आमा बुबा बिहिन हुन भने जनक र गणेशको पारिबारिक स्थिति पनि कमजोर साथै बस्नलाइ निवास नभएको अनी बाबुको मानसिक सन्तुलन गुमेको र आमाले बोल्न तथा काम गर्न नसक्ने हुनुन्छ’ अध्यक्ष पुन भन्छन, ‘संस्थाले हिजोका दिनहरुमा पनि बालबालिकाको क्षेत्रमा बिभिन्न सेवामुलक कामहरु गर्दै आइरहेको छ र भोलीका दिनहरुमा पनि गर्दै जने छ ।’

केन्द्रले बालबालिकाहरुलाई खाद्यान्न, कापीकलम, झोला, लत्ताकपडाका साथै केही मात्रामा अन्य शैक्षिक सामाग्री समेत बितरण गरेको छ । अनाथ असहाय, अपांग, दलित तथा गरिब बालबालिकाको गास, बास र कपास सुनिश्चित गर्ने संस्थाको मुल उद्देश्य रहेको र जहा समस्या त्यहाँ बाल सहयोग केन्द्र पुग्ने संस्थाका अध्यक्ष पुनले बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्