उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका आफ्नो प्रमुख शत्रु रहेको बताएका छन् । ‘हाम्रो वैदेशिक राजनीतिक गतिविधि हाम्रो प्रमुख शक्ती र हामूो विकासको अवरोधक अमेरिकालाई रोक्नेगरी केन्द्रीत र निर्देशित हुनुपर्छ,’ किमलाई उद्धृत गर्दै राज्य नियन्त्रित समाचार एजेन्सी केसीएनएले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिन दुई साता पनि बाँकी नरहेको अवस्थामा किमको अभिव्यक्ति सार्वजनिक भएको हो । यसबारे अमेरिकी विदेश विभागले कुनै टिप्पणी गरेको छैन । बाइडेनको अभियानका प्रवक्ताले पनि टिप्प्णी गर्न अस्विकार गरेका छन् ।
ट्रम्प प्रशासनसँग किमको सम्बन्ध अस्थिर रह्यो । किम र ट्रम्प दुबैले सुरुमा एक अर्कालाई धम्की दिँदै गाली गरे । त्यसपछि उनीहरु शिखर वार्तामा बसे । उत्तर कोरियाको निसस्त्रीकरण गर्ने भन्दै किम र ट्रम्पबीच तीनवटा बैठक भए, तर कुनै ठोस प्रगति भएन ।
भियतनामको हानोईमा भएको वार्ताका क्रममा उत्तर कोरियाले आफूमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेको थियो । तर त्यसको बदलामा उसले के गर्ने भन्ने विषय स्पष्ट थिएन । एजेन्सी