अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोना भाइरस संक्रमित फेला

अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोना भाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि भएको हो । जोन हप्किन्स विश्व विद्यालयका अनुसार महामारी सुरु भएयता एकै दिनमा यति धेरै संक्रमित फेला परेको पहिलो पटक हो ।

बुधबार मात्र अमेरिकामा १ लाख २ हजार ८३१ जनामा संक्रमित पुष्टि भएको थियो । सो दिन अमेरिकामा पहिलो पटक १ लाख जनाभन्दा बढी संक्रमित फेला परेका थिए ।

त्यस्तै यता, कोरोना भाइरसको महामारीका कारण चीनले बेलायत, भारत, फिलिपिन्स र बेलायतका यात्रुलाई आफ्नो देशमा प्रवेशका लागि ‘अल्पकालिन’ रुपमा प्रतिबन्ध गर्ने बताएको छ । ‘महामारीका कारण व्यवसायिक काम, व्यक्तिगत काम र बस्न पाउने अनुमति भएका बेल्जियमका मानिसलाई अल्पकालिन रुपमा चीन प्रवेश गर्न रोक लगाइएको छ,’ बेल्जियम स्थित चिनियाँ दूतावासले बुधबार एक वक्तव्य मार्फत जानकारी दिएको छ ।

यस्तै घोषणा बेलायत, भारत र फिलिपिन्समा रहेका चिनियाँ दूतावासले समेत गरेको थियो । यो प्रतिबन्ध ती देशका सबै गैरचिनियाँ नागरिकमा लागू हुने बताइएको छ । चिनियाँ विदेश मन्त्रालयले महामारीका कारण यो अल्पकालिन उपाय अंगिकार गरेको दोहोर्‍याएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्