अन्य ठाउँको तुलनामा मास्क लगाउन अनिवार्य गरेको स्थानमा संक्रमितको संख्या कम

मास्क लगाउन अनिवार्य गरेको स्थानमा अन्य ठाउँको तुलनामा कोभिड–१९ संक्रमणका कारण अस्पताल पुग्नेको संख्या कम देखिएको एक अध्ययनले देखाएको छ । भानडर्विल्ट विश्वविद्यालयले गरेको अध्ययनमा मास्क लगाउन अनिवार्य गरेको अमेरिकाको टेनेसीका काउन्टीहरुमा अन्य ठाउँको तुलनामा कोभिड–१९ का कारण अस्पताल भर्ना हुनेको संख्या कम रहेको पाइएको हो ।

यसले मास्क कोेरोना भाइसको संक्रमणलाई रोक्न महत्त्वपूर्ण रहेको पुनः एकपटक देखाएको अध्ययनकर्ताहरुको भनाइ छ । अक्टोबर २३ सम्म मास्क अनिवार्य गरिएका काउन्टीबाट टेनेसीका अस्पतालहरुमा भर्ना हुन आउनेको संख्या २५ प्रतिशत भन्दा कम रहेकोमा मास्क अनिर्वाय नगरिएका स्थानबाट अस्पतालमा भर्ना हुनेको संख्या २०० प्रतिशतले वृद्धि पाएको अध्ययनमा पाइएको थियो ।

जुलाई १ यता मास्क अनिवार्य गरिएका काउन्टीबाट अस्पतालमा २६–५० प्रतिशतले कोभिड–१९ का संक्रमितहरु थपिँदा अन्य स्थानबाट शत प्रतिशतले संक्रमितहरु थपिएका थिए ।

अध्ययनकर्ताहरुले मास्क अनिवार्य गरिएको स्थानमा मानिसहरु संक्रमण फैलिन नदिन बढी सचेत रहेको र त्यही अनुसार कार्य गर्दा संक्रमण कम गर्न मद्दत पुग्नका साथै अस्पताल भर्ना हुने दर कम भएको बताएका छन् ।

उनीहरुले यसका लागि मास्क मात्रै पनि जिम्मेवार नरहेको बताउँछन् ।त्यसैले संक्रमण बढिरहेका राज्यहरुमा मास्कलाई मात्र अनिवार्य गर्नु अचुक उपाय हुन नसक्ने उनीहरुको भनाइ छ ।

विश्वाविद्यालयले मास्क अनिवार्य गरिएको क्षेत्रका मानिसहरुको हिँडाइ र खर्च गर्ने बानीलाई पनि अध्ययन गरेको थियो । यसमा लकडाउन लागू गर्दा भन्दा कोरोना संक्रमण बढी भएका स्थानमा मानिसहरु घर बाहिर कम निस्कने गरेको पाइएको थियो । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्