अध्ययनका लागि साइप्रस गएकी एक २० वर्षीया युवतीको निधन

अध्ययनका लागि साइप्रस गएकी एक २० वर्षीया युवतीको विदेशी भूमीमा दुर्घटनामा परि निधन भएको छ । अध्ययनका लागि साइप्रस पुगेकी धादिङकी रेनुका कोइराला ‘जोशना’को निधन भएको हो ।

कोइरालाको मोटरसाइकल दुर्घटनामा निधन भएको त्यहाँ रहेका नेपालीले जनाएका छन् । अध्ययनको सिलसिलामा उनी साइप्रसमा थिइन् । २० बर्षिया कोइरालाको निकोसियामा मोटरसाइकल दुर्घटनामा निधन भएको बताइएको छ ।

धादिङको धुनिबेशी –६ धार्के घर भई साइप्रसमा अध्ययनको लागी गएकी कोइरालाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको निकोसीया प्रहरीले पुष्टि गरेको त्यहाँ रहेका नेपालीले जनाएका छन् ।

२५ जुलाइ शनिबार, राति करिब साँढे १ बजे काम गरेर कोठामा फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते अवस्थामा रहेकी कोइरालालाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको श(व जनरल अस्पताल निकोसीयामा रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्