अज्ञात समूहको कु’टपि’टबाट पश्चिम दाङमा एक महिला ग’म्भीर घा’इते

तुलसीपुर, १७ साउन । अज्ञात समूहको कु’टपि’टबाट पश्चिम दाङमा एक महिला ग’म्भीर घा’इते भएकी छिन् । घा’इते हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाकोट निवासी ३५ बर्षिया बिमला वली रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा कोही नभएको समयमा वलीमाथि शनिवार विहान २ बजेतिर कु’टपि’ट भएको थियो । उनी घर नजिकैको बारीमा विहान अचेत अवस्थामा फेला परेपछि स्थानियको सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको हो ।

उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको जनाइएको छ । उनी माथी कसले र किन आक्र’मण गरेको हो भन्ने बारे केहि खुलेको छैन ।

उनका श्रीमान् बैदेशिक रोजगारीमा विदेश छन् भने छोरा र छोरी घरमा नभएको मौका छोपी उनी माथी कु’टपि’ट भएको बताइएको छ । घट’नाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ, १७ साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्