अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, २० साउन। नेपालमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमणबाट सर्वसाधरण नागरिक मात्र नभई उच्च पदस्थ व्यक्तिहरु समेत प्रभावित हुने क्रम तिब्र गतिमा बढ्न थालेको छ।

देशका विभिन्न जिल्लामा समुदायस्तरमा संक्रमण फैलिइसकेको अनुमान चलिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।

आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जानकारी दिएको । संक्रमितमध्ये अधिकांश प्रहरी छन् ।

अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ शुरु गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्