अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिनले दक्षिण अफ्रिकाको ‘भेरियन्ट’ मा सिमित सुरक्षा दिने

अक्सफोर्डको एस्ट्राजेनेका कोभिड भ्याक्सिनले दक्षिण अफ्रिकामा पाइएको नयाँ प्रकारमा सिमित सुरक्षा दिएको प्रारम्भिक परीक्षणमा पत्ता लागेको छ । यद्यपि, कम्पनीले आफ्नो भ्याक्सिनले अत्यधिक संक्रामक कोरोनाभाइरसको नयाँ प्रकारले निम्त्याउने थुप्रै रोगको नियन्त्रण गर्ने आशा व्यक्त गरेको छ । उक्त अनुसन्धान २ हजारभन्दा बढीमा गरिएको थियो ।

दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ प्रकार बेलायतमा सयभन्दा बढी व्यक्तिमा देखिएको छ । फाइनेन्सियल टाइम्समा पहिलोपटक प्रकाशित प्रारम्भिक परीक्षणमा पत्ता लागेअनुसार दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रजातिले निम्त्याउने हल्का र मध्यम प्रकारको रोगमा एस्ट्राजेनेका भ्याक्सिनले सिमित काम गर्ने पत्ता लागेको हो । यो शोध सोमबार प्रकाशित हुने तयारीमा छ ।

एस्ट्राजेनेकाका प्रवक्ताले दक्षिण अफ्रिकाको भेरियन्टले निम्त्याएको भयानक रोग र अस्पताल भर्ना गर्नुपर्ने स्थितीमा आफ्नो खोपले काम गर्ने नगर्ने बारे यकिन जानकारी प्राप्त गर्न नसकेको बताएका छन् । उनका अनुसार अनुसन्धानमा जवान र स्वस्थ व्यक्तिहरुको संलग्नता भएका कारण यसबारे सटिक जानकारी प्राप्त गर्न नसकिएको हो ।

यद्यपि, कम्पनीले उक्त भ्याक्सिनले गम्भीर अवस्थामा भने सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् किनभने उक्त भ्याक्सिनले अन्य भ्याक्सिनले झैं समान रुपमा काम गर्छ । अक्सफोर्ड युनिभर्सिटीले कोरोनाभाइरसका भ्याक्सिनलाई नयाँ स्वरुपसँगै परिवर्तन गर्नुपरेको खण्डमा आफूहरुले एस्ट्राजेनेकासँग काम गरिरहेको युनिभर्सिटी अफ अक्सफोर्डले रोयटर्सलाई जानकारी दिएको छ ।

युनिभर्सिटी अफ अक्सफोर्डका अनुसार चाहेको खण्डमा कोरोनाभाइरसको नयाँ स्वरुपलाई नष्ट गर्ने नयाँ भ्याक्सिन शरद ऋतुमा उत्पादन गर्न सकिनेछ । डा. माइकल हेड, साउथ्याम्टन युनिभर्सिटीका वरिष्ठ अनुसन्धाताका अनुसार अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिन साधारण रोगमा कम प्रभावकारी र यसले गम्भीर रोग नियन्त्रण गर्छ भने पनि त यो राम्रै नतिजा हो नि ।’ -बीबीसी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्